Butwal Today

वामपन्थी सहकार्य छिटै हुन्छ : प्रचण्ड

५ श्रावण २०८३, मंगलवार
अ+
अ-

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्।

मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका प्रचण्डले आज साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा र नेकपा ९एमाले०बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको जानकारी दिए।

उनले तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको उल्लेख गर्दै प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल जारी रहेको बताए। प्रचण्डले पार्टीको प्रशिक्षण तथा संगठन सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाइने पनि बताए।

नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई बुधबार साउन ६ गते संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?