Butwal Today

निर्मलनिवास अगाडि एक युवकले आत्मदाह प्रयास

५ श्रावण २०८३, मंगलवार
अ+
अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै एक युवकले निर्मलनिवास अगाडि आत्मदाहको प्रयास गरेका छन्। प्रहरीका अनुसार रामेछापको दोरम्बा गाउँपालिका–१ निवासी २७ वर्षीय विशाल तामाङ ले मंगलबार शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेका थिए। प्रहरीले समयमै हस्तक्षेप गर्दै उनको साथबाट पेट्रोल बरामद गरी नियन्त्रणमा लिएको थियो।

तामाङलाई स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल लगिएको थियो। आवश्यक काउन्सेलिङपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिएका छन्। प्रहरी अनुसन्धानका अनुसार बालाजुको एक बेकरी उद्योगमा कार्यरत तामाङ जोरपाटीमा बस्दै आएका थिए। उनले जोरपाटीस्थित लामा पम्पबाट पेट्रोल खरिद गरेर शितलनिवास पुगेका थिए।

प्रहरीसँगको बयानमा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पाँच पटकसम्म भेट्ने प्रयास गर्दा पनि भेट्न नपाएकाले यस्तो कदम चाल्न खोजेको बताएका छन्। यदि तपाईं वा तपाईंले चिनेको कसैले यस्तै निराशा वा आत्महानिसम्बन्धी सोचसँग संघर्ष गरिरहेको छ भने, नजिकका परिवार, साथी वा मानसिक स्वास्थ्य सेवासँग तत्काल कुरा गर्नु धेरै महत्त्वपूर्ण हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?