Butwal Today

सरकारले मिटरब्याज पीडितलाई फेरि धोका दियो : ओली

३ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मिटरब्याज पीडितलाई पुनः धोका दिएको आरोप लगाएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा सांसदहरूसँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले अर्थतन्त्र सुधार र गरिबी न्यूनीकरणमा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको दाबी गरे ।

‘मिटरब्याज पीडितलाई सरकारले फेरि धोका दिएको छ । अर्थतन्त्र उकास्ने काम भएको छैन । गरिबी निवारण गर्नुपर्ने ठाउँमा गरिबलाई झन् डुबाउने काम भइरहेको छ,’ ओलीले भने ।

उनले मुलुकको विकास र समृद्धिका लागि सूचना प्रविधि (आइटी) को प्रभावकारी उपयोग अपरिहार्य रहेको उल्लेख गर्दै एमाले यस क्षेत्रमा पछाडि परेको स्वीकार गरे ।

‘हामी आइटी क्षेत्रमा पछि परेका छौँ । ज्ञान प्राप्त गर्ने दुई वटा माध्यम हुन्छन् । एउटा गुरुबाट र अर्को आफ्नै मेहनतबाट,’ उनले भने, ‘निरन्तर अध्ययन, अभ्यास र मेहनतबिना कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न सकिँदैन ।’

ओलीले प्रविधिमैत्री सोच र सीप विकासमार्फत मात्रै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सकिने धारणा पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?