Butwal Today

रुसमा भीषण मिसाइल र ड्रोन आक्रमण, एकको मृत्यु, १४ जना घाइते

३ श्रावण २०८३, आइतबार
अ+
अ-

रुस । रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेर ठूलो आक्रमण गरेको छ। आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

युक्रेनी अधिकारीहरूका अनुसार शनिबार रातभरि किभ र आसपासका विभिन्न क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण गरिएको हो। राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई रुस–युक्रेन युद्ध सुरु भएयता किभमा भएको सबैभन्दा ठूला ब्यालिस्टिक आक्रमणमध्ये एक भएको बताएका छन्। युक्रेनी सेनाका अनुसार रुसले प्रहार गरेका ४१ वटा क्षेप्यास्त्रमध्ये १८ वटा वायु रक्षा प्रणालीले खसाएको छ। साथै, आक्रमणमा प्रयोग गरिएका १०८ वटा ड्रोन पनि नष्ट गरिएको दाबी गरिएको छ।

युक्रेनी वायुसेनाले रुसले इस्केन्डर र हाइपरसोनिक जिरकोन क्षेप्यास्त्रसहित विभिन्न प्रकारका हतियार प्रयोग गरेको जनाएको छ। पछिल्लो आक्रमणमा १२५ वटा ड्रोन पनि परिचालन गरिएको बताइएको छ। यता, युक्रेनले पनि रुसविरुद्ध आफ्नो आक्रमणलाई निरन्तरता दिएको छ। युक्रेनी सेनाका अनुसार ड्रोन आक्रमणमार्फत कालो सागर क्षेत्रमा रहेका रुसका दुई तेल ट्यांकरलाई निशाना बनाइएको छ।

राष्ट्रपति जेलेन्स्कीले टेलिग्राममार्फत जारी वक्तव्यमा पछिल्लो एक सातामै रुसले युक्रेनमाथि करिब १,४५० ड्रोन, १,६४० भन्दा बढी गाइडेड बम र ९९ वटा विभिन्न प्रकारका मिसाइल प्रहार गरेको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?