Butwal Today

फ्लाईदुबईको विमान काठमाडौँमा अवतरण हुन सकेन, लखनउ डाइभर्ट

३ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको लखनउतर्फ डाइभर्ट गरिएको छ।

एफडीबी ५३९ एफजेड ५३९ उडान नम्बरको बोइङ ७३७ म्याक्स विमानले काठमाडौँको आकाशमा एक घण्टाभन्दा बढी समय होल्ड गर्दै अवतरणको प्रयास गरेको थियो। तर, प्रतिकूल मौसमका कारण अवतरण सम्भव नभएपछि विमानलाई लखनउतर्फ मोडिएको हो।

विमानले सुरुमा काठमाडौँ र आसपासको आकाशमा लामो समय फन्को मारेको थियो। मौसममा सुधार नआएपछि विमान भारतको लखनउ विमानस्थलमा सुरक्षित रूपमा अवतरण गरेको छ।

उडान तालिकाअनुसार विमान साँझ ७:३० बजे काठमाडौँ अवतरण गर्नुपर्ने थियो। पछि राति ८स्५६ बजे अवतरण हुने अनुमान गरिए पनि मौसम प्रतिकूल रहेकाले अन्ततः विमानलाई डाइभर्ट गर्नुपरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?