Butwal Today

औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड ८६ लाख बक्यौता असुल, १० उद्योगको लाइन काटियो

३ श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले भौतिक संरचना प्रयोग गरेबापतको बक्यौता महसुल तिर्न थालेका छन्। गत असार मसान्तसम्म विभिन्न औद्योगिक क्षेत्रका उद्योगबाट ४६ करोड ८६ लाख रुपैयाँ राज्यकोषमा दाखिला भएको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीका अनुसार देशभरका १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले उक्त रकम बुझाएका हुन्। लिमिटेडका अनुसार देशभरका औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका ३०० भन्दा बढी उद्योगको कुल ८८ करोड रुपैयाँ बक्यौता रहेको थियो। त्यसमध्ये उल्लेखनीय रकम असुल भए पनि अझै ठूलो हिस्सा उठ्न बाँकी रहेको जनाएको छ।

बक्यौता नतिर्ने उद्योगमाथि कारबाहीस्वरूप १० उद्योगको विद्युत् लाइन काटिएको सूचना अधिकारी सोडारीले जानकारी दिए। उनका अनुसार कन्टिनेन्टल ग्रुप अन्तर्गतका दुई उद्योगको मात्रै करिब ४ करोड रुपैयाँ बक्यौता रहेको छ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बाँकी बक्यौता असुलीलाई अझ प्रभावकारी बनाउँदै समयमै महसुल नतिर्ने उद्योगमाथि आवश्यक कानुनी तथा प्रशासनिक कारबाही जारी रहने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?