Butwal Today

चन्द्रौटामा कारको ठक्करबाट १३ जना घाइते

२ श्रावण २०८३, शनिबार
अ+
अ-

चन्द्रौटा ।

कपिलवस्तुको शिवराज नगरपालिका-५ , चन्द्रौटा खसी बजारमा शनिबार सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सवारी दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था सामान्य रहेको छ भने अन्य ७ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १४ च ९००० नम्बरको कारले रा १ ह ६६४३ र लु १ ह १९३ नम्बरका ई–रिक्सा तथा एउटा मोटरसाइकललाई ठक्कर दिएको हो । ई–रिक्सामा विद्यार्थीहरू सवार रहेकाले घाइतेको संख्या बढी भएको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते नभए पनि केहीलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । उक्त कारले चन्द्रौटास्थित सशस्त्र प्रहरी चेकपोस्ट नजिक एक साइकललाई समेत ठक्कर दिएको जनाईएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?