Butwal Today

श्रीलंकामा प्रचण्ड–जेभीपी महासचिव शिल्भाबीच भेट,कम्युनिस्ट आन्दोलनबारे छलफल

२ श्रावण २०८३, शनिबार
अ+
अ-

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलंकाको सत्तारुढ जनता विभुक्ति पेरामुना जेभीपीका महासचिव तिल्भिन शिल्भाबीच शनिबार कोलम्बोमा भेटवार्ता भएको छ। श्रीलंका भ्रमणमा रहेका संयोजक प्रचण्ड शनिबार दिउँसो कोलम्बोस्थित जेभीपीको केन्द्रीय कार्यालय पुगेका थिए। त्यहीँ भएको द्विपक्षीय भेटवार्तामा नेपाल र श्रीलंकाबीचको आपसी हित, दुई राजनीतिक दलबीचको सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको छ।

भ्रमण दलमा सहभागी नेकपा नेता माधव पन्तका अनुसार भेटका क्रममा श्रीलंकाको कम्युनिस्ट आन्दोलन, एसियाली समाजवादी दलहरूबीच एकता र सहकार्य विस्तार गर्ने विषयमा पनि विचार–विमर्श भएको थियो। त्यसैगरी, कम्युनिस्ट दलहरूबीच साझा एजेन्डा, आपसी सहकार्य तथा क्षेत्रीय राजनीतिक समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षबीच छलफल भएको उनले बताए।

भेटवार्तामा दुवै दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसअघि जेभीपीको केन्द्रीय कार्यालयमा महासचिव तिल्भिन शिल्भाले संयोजक प्रचण्डलाई स्वागत गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?