Butwal Today

विष्णु पौडेलसहित १० वटा कम्पनीलाई प्रतिवादी अभियोग दर्ता

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलसहित १६ प्रतिवादीविरुद्ध बिहीबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी पूरक मुद्दा दर्ता भएको छ। सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालय, काठमाडौंले पौडेलसहित ६ जना व्यक्ति र १० वटा कम्पनीलाई प्रतिवादी बनाउँदै पूरक अभियोग दर्ता गरेको हो।

अभियोगपत्रअनुसार कम्पनीतर्फ इन्फिनिटी होल्डिङ्स, हिमालयन एसेस्ट म्यानेजमेन्ट, फेवा डेभलपर्स, बेगनास डेभलपर्स, रिजेन्ट कोर्ट, अल्फा डेभलपर्स, श्रीनगर डेभलपर्स, डेल्टा डेभलपर्स, लेखनाथ डेभलपर्स र कान्तिपुरी डेभलपर्स लाई सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ। व्यक्तितर्फ विष्णु पौडेल, दीपक भट्ट, ऋषिराज मोर सम्पत्ति जफत प्रयोजनार्थ, शुलभ अग्रवाल सम्पत्ति जफत प्रयोजनार्थ, शुभी अग्रवाल र उपेश बस्नेत विरुद्ध पूरक अभियोग दर्ता गरिएको छ।

विशेष सरकारी वकिलको कार्यालयले अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा सम्पत्ति शुद्धीकरण तथा अवैध रूपमा आर्जित सम्पत्तिको जफतसम्बन्धी कानुनी व्यवस्थाअनुसार पूरक अभियोग दर्ता गरिएको जनाएको छ। अब उक्त मुद्दामाथि विशेष अदालतमा कानुनी प्रक्रिया अघि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?