Butwal Today

दाङ जिल्ला अदालतमा ६५ प्रतिशत मुद्दा फर्छ्योट

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

दाङ । 

दाङ  जिल्ला अदालतमा आर्थिक वर्ष २०८२/८३ मा ६५.६ प्रतिशत  मुद्दा फर्छ्योट भएका छन् । २०८३ असार मसान्तसम्मको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष मुद्दा फर्छ्योटको सङ्ख्यामा वृद्धि भएको छ ।

दाङ  अदालतका  जिल्ला न्यायाधीश  प्रकाशप्रसाद पण्डितको इजलासबाट यस वर्ष चालु आर्थिक वर्षमा जिम्मेवारी सरी आएका र नयाँ दर्ता भएका गरी कूल  ५ सय ८९ मुद्दा फर्छ्योट भएको छ । त्यसै गरी  दुई नम्बरका न्यायाधीश  टिकेन्द्र दहालले ४४४ मुद्दा फैसला भएको छ , रोमकान्त ज्ञवालीले ७१० मुद्दा फर्छ्यौट गरेका छन् । राजेश्वर अर्यालले ५०८ मुद्दा फर्छ्यौट गरेका छन् । लालसिंह थापाले ७८८ मुद्दा फर्छ्यौट गरेका छन् । त्यसैसरि ताराप्रसाद डाङीले २०९ मुद्दा फर्छ्यौट गरेको श्रेस्तेदार भण्डारीले जानकारी दिए ।

आर्थिक वर्ष २०८२  साउन महिनामा निर्माण गरिएको वार्षिक कार्य योजना अनुसार यस विगत ३ वर्षको तथ्याङ्कको तुलना गर्दा आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका ५५०४ मुद्दा  मध्य ३६१२  फर्छ्यौट  भएका छन् ।  ०८१/०८२ मा ५२२६ मुद्दा  भएकोमा ३२६२ मुद्दा  फर्छ्यौट भएका छन् । त्यसैसरि ०८२/०८३ मा ५२९५ मुद्दा  रहेकोमा ३४७४ मुद्दा  फछयौट भएका छन्  ।

यसले अदालतको पछिल्लो तीन वर्षमा क्रमिक रूपमा मुद्दाको सङ्ख्याको अनुपातमा र फर्छ्यौट अङ्क समेत बढेर गएको  जिल्ला अदालत दाङका श्रेस्तेदार  भूपाल भण्डारीले जानकारी दिए । उनका अनुसार हाल  बाँकी रहेका मुद्दा मध्ये १८ महिना नाघेका ३७ वटा मुद्दा रहेका छन् ।  २ वर्ष नाघेका कुनै पनि मुद्दा छैनन् । अदालतमा विशेष गरी पारिवारिक मुद्दा अन्तर्गत सम्बन्ध विच्छेद, अंश जस्ता मुद्दा छन् भने ज।क। सवारी ज्यान। कर्तव्य  ज्यान, मुद्दाको चाप पनि अन्य माझको तुलनामा धेरै रहेको छ ।

फैसला कार्यान्वयन तर्फ लगत कैद तर्फ ३३२२ वर्ष ५  महिना ८ दिन रहेकोमा ७८० वर्ष ७ महिना २१ दिन फछौट भई २५४१ वर्ष ९ महिना १७ दिन बाकी रहेको जरिवाना तर्फ लगत  २३००८५४८४ रहेकोमा २९५३२५६८ असुल भई २००५५२९१६ बाकी रहेको छ ।

जिल्ला अदालत दाङमा  सरकारवादी मुद्दामा लागू औषध, चोरी र जबरजस्ती  करणीका मुद्दा धेरै रहेका छन् । देवानी मुद्दाहरूमध्ये  सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् ।

निवेदन तर्फका मुद्दामा बिगो भराउनेमा ८०५ मुद्दा दर्ता भएकोमा ४८५ फर्छ्यौट भएका छन्  भने ३२० बाकी छन् । अशंबण्डा मुद्दा २२२ दर्ता भएकोमा १६६ फर्छ्यौट भएका छन् भने ५६ बाकी रहेका छन् । माना चामल १०१ मुद्दा दर्ता भएकोमा ६३ फर्छ्यौट भएका छन् भने ३८ बाकी रहेका छन् ।

निःशुल्क कानुनी सहायता अन्तर्गत वैतनिक कानुन व्यवसायीको सेवालाई अदालतमा पूर्णकालीन बनाइएको छ। आर्थिकरुपले असक्त विपन्न वर्गका सेवाग्राहीहरूलाई अदालतको वैतनिक कानुन व्यवसायीबाट मस्यौदा तयार लगायत बहस पैरवीमा निःशुल्क सेवा प्रदान गर्नकालागी अधिवक्ता बिना पाण्डेयलाई जिम्मेवारी दिइएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?