Butwal Today

लुम्बिनी प्रदेशमा सचिवहरूको जिम्मेवारी हेरफेर

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

बुटवल । लुम्बिनी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा देउखुरीमा बसेको बैठकले प्रदेश सचिव भरतमणि पाण्डेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ । हाल आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिव रहेकी सुशीला अर्याललाई सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै, सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारीलाई शिक्षा तथा सामाजिक विकास निर्देशनालयको जिम्मेवारी प्रदान गरिएको छ । बैठकमा आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगतिको समीक्षा पनि गरिएको छ । सरकारका प्रवक्ता तथा स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेका अनुसार चालुतर्फ ६७ दशमलव ७७ प्रतिशत र पुँजीगततर्फ ६६ दशमलव ८० प्रतिशत खर्च भएको जानकारी मन्त्रिपरिषद् बैठकमा प्रस्तुत गरिएको थियो ।

त्यस्तै, प्रमुख सचिव कृष्णप्रसाद काप्रीले संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका छन् । प्रतिवेदनको अध्ययनपछि आगामी मन्त्रिपरिषद् बैठकबाट आवश्यक निर्णय गरिने सरकारका प्रवक्ता घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?