Butwal Today

‘मास्टर्नी’ गीत विवाद : माफी माग्दै हटाए दुर्गेशले गित

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं। निर्माणाधीन चलचित्र ‘मास्टर्नी’ को प्रमोशनल गीत विवादमा परेपछि अभिनेत्री तथा निर्मात्री प्रियङ्का कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा माफी माग्दै उक्त गीत सबै प्लेटफर्मबाट हटाएका छन्।

शिक्षण पेसा र शिक्षकहरूको मानमर्दन हुने खालका शब्द तथा दृश्य समावेश गरिएको भन्दै शिक्षक महासंघसहित विभिन्न पक्षबाट आलोचना भएपछि दुवै कलाकारले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

प्रियङ्का कार्कीले उक्त गीत चलचित्रको कथावस्तुको हिस्सा नभई प्रचारप्रसारका लागि मात्र तयार गरिएको स्पष्ट पार्दै शिक्षकहरूको भावनामा ठेस पुगेकोप्रति क्षमायाचना गरेकी छन्। उनले कसैको सम्मानमा आँच पुर्‍याउने उद्देश्य नरहेको बताउँदै गीत युट्युब र आफ्ना सबै सामाजिक सञ्जालबाट हटाइसकेको जानकारी दिएकी छन्।

गायक दुर्गेश थापाले पनि गीतका शब्द र प्रस्तुतीकरणले शिक्षक तथा दर्शकको भावनामा चोट पुगेको स्वीकार गर्दै आफ्नो युट्युब च्यानलबाट गीत हटाइसकेको बताएका छन्। उनले शिक्षकहरू समाजका मार्गदर्शक र सम्मानित व्यक्तित्व भएको उल्लेख गर्दै आगामी दिनमा अझ जिम्मेवार सिर्जना प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?