Butwal Today

एक रुपैयाँ घुस लिएको प्रमाण भेटिए पनि कारबाही गर्छु : गृहमन्त्री गुरुङ

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

गोरखा। गृहमन्त्री सुधन गुरुङले आफ्नो मातहतका कुनै पनि कर्मचारीले एक रुपैयाँ मात्र घुस लिएको प्रमाण भेटिए पनि व्यक्तिगत रूपमा कारबाहीमा उत्रिने चेतावनी दिएका छन्।

जिल्ला प्रशासन कार्यालय गोरखाका कर्मचारीसँगको भेटघाटमा उनले भ्रष्टाचारप्रति सरकारले शून्य सहनशीलताको नीति अपनाएको स्पष्ट गर्दै घुस वा बिचौलियामार्फत काम गराउने प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।

गुरुङले नागरिक अहिले धेरै सचेत भइसकेकाले कर्मचारीको व्यवहार, सेवाप्रवाह र काम गर्ने शैलीसमेत निगरानीमा रहने उल्लेख गर्दै सबै कर्मचारीलाई इमान्दार र जिम्मेवार भएर काम गर्न निर्देशन दिए।

उनले सुशासन कायम गर्नु सरकारको प्राथमिकता भएको उल्लेख गर्दै नागरिकलाई सम्मानजनक र सहज सेवा प्रवाह गर्न कर्मचारीलाई आग्रह गरे। साथै, कर्मचारीलाई काममा कुनै समस्या आए समाधानका लागि आफू सधैं तयार रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?