Butwal Today

वैदेशिक रोजगार कसुर मुद्दामा फरार २ प्रतिवादी पक्राउ

३२ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दामा फरार दुई प्रतिवादी पक्राउ गरेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्ने रुकुम मुसिकोट नगरपालिका–३ घर भएका ४७ वर्षीय रामचन्द्र खड्का र बुढानीलकण्ठ नगरपालिका पासीकोट बस्ने रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–८ घर भएका ४८ वर्षीय पूर्णबहादुर मल्ल पक्राउ परेका हुन् ।

वैदेशिक रोजगार न्यायाधिकरणबाट गत जेठ ११ गते पक्राउ अनुमति प्राप्त भएका खड्का फरार रहेको अवस्थामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले ललितपुरको इमाडोलबाट पक्राउ गरेको हो ।

जिल्ला अदालत ललितपुरबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका मल्ल बुढानीलकण्ठबाट पक्राउ परेका हुन् । आवश्यक कारबाहीका लागि खड्कालाई वैदेशिक रोजगार विभाग र मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?