Butwal Today

सम्पत्ति विवरण सङ्कलन र छानबिन स्थगित

३२ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण सङ्कलन र छानबिनसम्बन्धी सम्पूर्ण कार्य हालका लागि स्थगित गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै सर्वोच्च अदालतबाट यही असार ३१ गतेको आदेशअनुसार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्मका लागि सो कार्य स्थगित गरिएको जनाएको हो ।

आयोगले पूर्व न्यायाधीश, संवैधानिक आयोगका पूर्वपदाधिकारी र नेपाली सेनाका पूर्वपदाधिकारीबाहेकका अन्य सार्वजनिक जबाफदेहीको जिम्मेवारी निर्वाह गरेका राजनीतिक पदाधिकारी तथा कर्मचारीको सम्पत्ति विवरण सङ्कलन गरिरहेको थियो ।

आयोगले सम्पत्ति विवरण बुझाउने म्याद आजसम्मका लागि तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?