© 2026
रौतहट ।
रौतहटको गरुडा नगरपालिकामा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा नगरपालिका–९ गम्हरियाका देवेन्द्र सहनीका २८ वर्षीय छोरा गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।
घटनापछि उनलाई तत्काल गरुडास्थित एक अस्पतालमा उपचारका लागि लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ । हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
थप उपचारका लागि उनलाई काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक गौतमले जानकारी दिए ।
घटनाको कारण हालसम्म खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।