© 2026
काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगविरुद्ध दायर अवहेलना सम्बन्धी रिटमा अन्तरिम आदेश जारी गरेको छ।
अदालतले यसअघि दिएको अन्तरिम आदेशको अपव्याख्या गर्दै आयोगले न्यायाधीश र नेपाली सेनाबाहेक अन्य व्यक्तिहरूको सम्पत्ति छानबिन जारी रहने भन्दै सार्वजनिक वक्तव्य जारी गरेपछि अधिवक्ता मणिराम उपाध्यायले अवहेलनाको रिट दायर गरेका थिए।
उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पूर्ण इजलासबाट अर्को आदेश नआएसम्म आयोगले कसैको पनि सम्पत्ति छानबिन गर्न वा सम्पत्ति विवरण माग्न नपाउने अन्तरिम आदेश दिएको हो।
सर्वोच्चको यस आदेशसँगै उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको सम्पत्ति छानबिन सम्बन्धी प्रक्रिया हालका लागि स्थगित भएको छ।