Butwal Today

रुपन्देहीमा नक्कली नेपाली नोट छाप्ने गिरोहका ६ जना पक्राउ

३० असार २०८३, मंगलवार
अ+
अ-

बुटवल । रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने गिरोहमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले गोप्य सूचनाका आधारमा सञ्चालन गरेको अपरेसनमा एक भारतीय नागरिक र पाँच नेपाली नागरिकलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका नक्कली नेपाली नोट छाप्ने मेसिन तथा ५ लाख ९२ हजार रुपैयाँ बराबरका नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा गिरोहले नेपाली युवाहरूलाई प्रयोग गर्दै आफ्नो सञ्जाल विस्तार गरेको खुलेको छ। घटनाका मुख्य योजनाकार भनिएका अर्का एक भारतीय नागरिकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेकाले थप तथ्य सार्वजनिक हुन  प्रहरीको भनाइ छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?