Butwal Today

२४ घण्टाको वर्षा मापनः सबैभन्दा बढी वर्षा चितवनमा

३० असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।

जल तथा मौसम विज्ञान विभाग जलवायु विज्ञान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मापन चितवन नारायणीमा आसपासमा गरिएको छ ।

सोमबार बिहान ८ः४५ बजेदेखि आज बिहान ८ः४५ बजेसम्म ३३५ वटा वर्षा मापन केन्द्रहरु ९मानव सञ्चालितः ४५ र स्वचालितः २९०० मा वर्षा मापन गरिएको छ । जसअनुसार गत २४ घण्टामा २४३ वटा केन्द्रमा वर्षा भएको छ ।

केन्द्रहरूमध्ये सबैभन्दा बढी वर्षा (३१९.८ मि मि) चितवन जिल्लाको नारायणी फिल्ड अफिस केन्द्रमा मापन भएको छ । सोही केन्द्रका आसपासका तीन वटा केन्द्रहरूमा २०० मिमीभन्दा बढी वर्षा भएको छ भने देशभरि १०० मिमीभन्दा बढी वर्षा २३ वटा केन्द्रहरूमा भएको छ ।

विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले सोमबार रातिदेखि न्यूनचापीय रेखा मध्य तथा पूर्वी तराईतर्फ सर्दै गरेको जानकारी दिए । काठमाडौँलगायत अन्य क्षेत्रमा भइरहेको लगातारको झरी सोमबार रातिदेखि रोकिएको र आजको मौसम सोमबारभन्दा केही घमाइलो र तातो हुने उनको भनाइ छ । उपाध्ययका अनुसार सप्तकोशी तथा नारायणी नदी वरिपरि डुबानको जोखिम आज मध्याह्नसम्म रहने छ ।

विभागका अनुसार अहिले चितवन भरतपुर आसपासका क्षेत्रहरु डुबानमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?