© 2026
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्व मधेश प्रदेश प्रमुख राजेश अहिराजलाई बालिका करणी मुद्दामा दोषी ठहर गरेको छ। मंगलबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले अहिराजलाई दोषी ठहर गरेको हो। अदालतले उनको सजाय निर्धारणका लागि अर्को पेशी तोक्ने जनाएको छ।
अहिराजविरुद्ध २०८१ जेठ ४ गते आफ्नै डेरामा एक बालिकामाथि करणी गरेको आरोपमा मुद्दा दायर भएको थियो। सोही मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
गत वर्ष साउन १४ गते न्यायाधीश पिताम्बर शर्माको इजलासले थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशलाई उच्च अदालत पाटन र सर्वोच्च अदालतले समेत सदर गरेपछि अहिराज हालसम्म पुर्पक्षका लागि थुनामै रहेका छन्।