© 2026
काठमान्डौँ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिज्म) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन् ।
पोखरेलले देशमा देखिएका विकृति, विसङ्गति र बेथितिको अन्त्य गर्ने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गरेका छन् ।
उनले आफूभित्र रहेका विकृति र आचरणगत कमजोरीसमेत सुधार्न नसकेको नेतृत्वलाई राजनीति सुधार र विकृति अन्त्यको जिम्मा दिइनु नै सबैभन्दा ठूलो भूल भएको भन्दै नेपाली समाजले अहिले त्यसको अनुभूति गर्न थालेको बताएका छन् ।
पोखरेलका अनुसार चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली नै विरोधाभासपूर्ण देखिएको छ । उनले यस्तो कार्यशैलीबाट देश रूपान्तरण सम्भव नरहेको कटु यथार्थ अहिले स्पष्ट भइसकेको टिप्पणी गरेका छन् ।