Butwal Today

होर्मुज जलमार्गको संरक्षक बन्न अमेरिका तयार, त्यसबापत पारिश्रमिक चाहिन्छ : ट्रम्प

२९ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सबैभन्दा महत्त्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्गको सुरक्षा र नियन्त्रणमा अमेरिकाले प्रत्यक्ष भूमिका खेल्नुपर्ने बताएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले अमेरिका उक्त जलमार्गको संरक्षक बन्न तयार रहेको र त्यसबापत पारिश्रमिकसमेत पाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।

“हामी होर्मुज जलमार्गको नियन्त्रणमा रहनेछौँ, सम्भवतः यसको सञ्चालन पनि गर्नेछौँ। हामी यसको संरक्षक हुनेछौँ, र त्यसका लागि हामीलाई पारिश्रमिक पनि दिइनुपर्छ,” ट्रम्पले भने।यसैबीच, होर्मुज जलमार्गको सुरक्षा र प्रभावलाई लिएर पछिल्ला दिनमा अमेरिकी सेना र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स आईआरजीसी बीच सैन्य गतिविधि तथा तनाव बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विश्वव्यापी तेल तथा ग्यास ढुवानीको करिब २५ प्रतिशत हिस्सा होर्मुज जलमार्गबाट हुने भएकाले यसलाई विश्व ऊर्जा आपूर्तिको दृष्टिले अत्यन्त संवेदनशील र रणनीतिक समुद्री मार्ग मानिन्छ।अमेरिका र इरानबीच होर्मुज जलमार्गको सुरक्षा, प्रभाव र नियन्त्रणलाई लिएर तनाव बढ्दै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था र विश्व ऊर्जा बजारप्रति अन्तर्राष्ट्रिय समुदायको चासो पनि बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?