© 2026
काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयका अनुसा र मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सोमबार आयोजित कार्यक्रममा उनीहरूलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्। सोही अवसरमा नवनियुक्त अध्यक्षमा उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ पनि ग्रहण गरेका छन्।
नियुक्तिपत्र वितरण कार्यक्रममा मन्त्री तिमिल्सिनाले नियामक निकायहरूले आफ्नो जिम्मेवारी प्रभावकारी, निष्पक्ष र उत्तरदायी ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिए। मन्त्रालयले आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराउन सधैं तयार रहने बताउँदै उनले जिम्मेवारीपूर्ण कार्यसम्पादन गर्न आग्रह गरे।
नवनियुक्त प्रेस काउन्सिल अध्यक्ष उमेश श्रेष्ठले सञ्चार माध्यमको स्वरूप तीव्र रूपमा परिवर्तन भइसके पनि प्रेस काउन्सिलसम्बन्धी कानुन पुरानो भइसकेको उल्लेख गर्दै त्यसलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याए।