Butwal Today

नेपाली सेनाद्वारा घाइतेको हवाई उद्धार

२८ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । बझाङको सुगुरे इलाकामा शनिबार भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आज हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पु¥याएको छ ।

हवाई उद्धार गरिएका पाँच जनामा तीन महिला र दुई पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।  सेनाले दिएको जानकारीअनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका दुई पुरुषलाई नेपाली सेनाले हवाई उद्धार गरेर सुर्खेत ल्याइ स्काइ ट्रकमार्फत काठमाडौँ ल्याइएको छ ।

साथै सोही क्रममा अर्की एक जना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पताल पु¥याइएको छ । बझाङ, केदारस्यूँ गाउँपालिका—७ सुगुरेमा शनिबार भएको जिप दुर्घटनामा परी तीन जनाको ज्यान गएको थियो भने सात घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?