Butwal Today

मधेश प्रदेश सभाको बैठक आज बस्दै

२८ असार २०८३, आइतबार
अ+
अ-

जनकपुरधाम ।

विपक्षी दलको निरन्तर अवरोधपछि लामो समयदेखि स्थगित मधेश प्रदेशसभाको बैठक आज बस्दैछ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमाथि छलफल तथा पारित गर्ने कार्यसूचीसहित प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।

शनिबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा सञ्चालन गर्ने सहमति गरेपछि बैठक आह्वान गरिएको हो । आर्थिक वर्ष सकिन चार दिन मात्र बाँकी रहेकाले समयमै बजेट पारित नभए प्रदेश सरकार आर्थिक संकटमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बैठक बोलाइएको जनाइएको छ ।

यद्यपि, विपक्षी दलहरू जसपा नेपाल, जनमत पार्टी र राप्रपाले बजेटमा अनियमितता भएको आरोप लगाउँदै निरन्तर विरोध गर्दै आएका छन् । बजेट नसच्याएसम्म प्रदेशसभाको बैठक सञ्चालन हुन नदिने उनीहरूको अडान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?