Butwal Today

दुर्गा प्रसाईंलाई विमानस्थल क्षेत्रमा कार्यक्रम गर्न प्रहरीले रोक्यो

२८ असार २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले कार्यक्रम गर्न रोक लगाएको छ ।

झापाबाट काठमाडौं फर्किएका प्रसाईंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रभित्र कार्यक्रम गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले रोक लगाएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार निषेधित क्षेत्रमा कार्यक्रम गर्न खोजिएकाले रोक लगाइएको हो । उनले भने, “पोस्टर राखेर कार्यक्रम गर्ने तयारी भइरहेको थियो । त्यसैले हामीले कार्यक्रम गर्न रोकेका छौं ।”

प्रसाईं यसअघि पनि सार्वजनिक शान्तिविरुद्धको कसुरमा पटक–पटक पक्राउ परेर छुट्दै आएका छन् । जेनजी आन्दोलनपछि उनी ६ पटक पक्राउ परिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?