Butwal Today

कांग्रेस नीति प्रतिष्ठानमा ६ उपसमिति गठन

२८ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न ६ वटा उपसमिति गठन गर्दै तिनका संयोजक चयन गरेको छ।

नेपाली कांग्रेसका उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौँ बैठकले प्रमुखको प्रस्तावअनुसार उपसमितिका संयोजक चयन गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार अपाङ्गता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङ, दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा। डी।बी। सुनार चयन भएका छन्।

यस्तै, पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकमा विज्ञान प्रसाईं, सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्ले चयन भएका छन्।

प्रतिष्ठानले नीति अनुसन्धान, प्रशिक्षण तथा विभिन्न सामाजिक र समसामयिक विषयमा पार्टीको अध्ययन, समन्वय र नीति निर्माणलाई प्रभावकारी बनाउन उपसमितिहरू गठन गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?