Butwal Today

गणेश मृत्यु प्रकरणका लागी डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन

२६ असार २०८३, शुक्रबार
अ+
अ-

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणमा नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा काठमाडौं प्रहरी परिसर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकारीहरू सदस्य रहेका छन्।

बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा नगर प्रहरीसँग विवाद भएपछि गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको शुक्रबार बिहान वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि यसको सत्यतथ्य छानबिनको माग गर्दै सडकदेखि संघीय संसदसम्म विरोध भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?