© 2026
काठमान्डौँ ।
नेकपा एमालेले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै एमाले सांसद भूमिका लिम्बु सुब्बाले गणेश नेपालीको मृत्यु सामान्य घटना नभएको भन्दै यसको जिम्मेवारी सरकारले लिनुपर्ने बताइन् ।
‘यसको जिम्मेवारी सरकारले लिनुपर्छ । गणेश नेपालीको मृत्यु केवल एउटा नेपालीको मृत्यु मात्रै होइन,’ उनले भनिन् ।
उनले ट्राफिक जरिवानाको औचित्यमाथि प्रश्न उठाउँदै राज्यले गणेश नेपालीको घटनाबाट गम्भीर पाठ सिक्नुपर्ने बताइन् । साथै, उक्त घटनाको निष्पक्ष छानबिन गर्न पनि सरकारसँग माग गरिन् ।