Butwal Today

रुपन्देहीमा लागुऔषध कारोबारीमाथि प्रहरीको गोली

२६ असार २०८३, शुक्रबार
अ+
अ-

रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका–स्थित गुरुहनियाँ क्षेत्रमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिन खोज्दा एक राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार पक्राउ परेका दुवै जना भारतीय नागरिक हुन्। उनीहरूको साथबाट २ सय ग्रामभन्दा बढी खैरो हेरोइन, एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरिएको छ।प्रहरीका अनुसार उनीहरू मोटरसाइकलमा सवार रहेको अवस्थामा अपरेसन सञ्चालन गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?