Butwal Today

राष्ट्रिय सेवा दल विधेयक संसदमा दर्ता, विद्यार्थीलाई सेनामार्फत आधारभूत तालिम दिने

२५ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय सेवा दलसम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। प्रस्तावित विधेयकले विद्यार्थी तथा अन्य नेपाली नागरिकलाई नेपाली सेनामार्फत आधारभूत तालिम प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको हो।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शोभिता गौतमले सरकारका तर्फबाट उक्त विधेयक प्रस्तुत गर्नुभएको हो। विधेयकअनुसार विद्यार्थीमा देशभक्ति, अनुशासन, सार्वजनिक सेवा भावना र राष्ट्रिय एकताको विकास गर्ने उद्देश्य राखिएको छ। साथै, राष्ट्रिय आवश्यकता अनुसार नेपाली सेनाले नागरिकलाई आधारभूत तालिम दिन सक्ने तथा आवश्यक पर्दा प्रशिक्षित व्यक्तिहरूलाई स्वयंसेवकका रूपमा परिचालन गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।

सरकारका अनुसार विपद् व्यवस्थापन, आपत्कालीन अवस्था तथा सार्वजनिक सेवाका क्षेत्रमा दक्ष जनशक्ति तयार पार्न राष्ट्रिय सेवा दल कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ। यद्यपि, विधेयक हाल प्रस्तावकै चरणमा रहेको छ। यो संसद्बाट पारित भइसकेको छैन। अब विधेयकमाथि संसदीय समितिमा छलफल, आवश्यक संशोधन तथा प्रतिनिधिसभा र राष्ट्रियसभाबाट अनुमोदन भएपछि मात्रै कानुनका रूपमा कार्यान्वयनमा आउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?