© 2026
काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण माइग्रेसन गर्न लागिएकाले दुई दिन राहदानीसम्बन्धी सेवा बन्द रहने जनाएको छ।
विभागले जारी गरेको सूचनाअनुसार हाल सञ्चालनमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा सेवा स्थानान्तरण गरिने भएकाले असार २५ र २६ गते जुलाई ९ र १०, २०२६ राहदानीसम्बन्धी सबै सेवा स्थगित रहनेछन्। यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण ती दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो।
यद्यपि, विभागका अनुसार राहदानीसम्बन्धी अन्य सेवा बन्द रहे पनि पहिलेनै तयार भइसकेका राहदानी भने नियमित रूपमा वितरण गरिनेछ। मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरेका सेवाग्राहीले विभागमा सम्पर्क गरी आफ्नो राहदानी संकलन गर्न सक्ने विभागले जनाएको छ।