Butwal Today

ट्रम्पको चेतावनी -आज राति इरानमाथि कडा हमला हुनसक्छ

२४ असार २०८३, बुधबार
अ+
अ-

अंकारा । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको अस्थायी शान्ति सम्झौता समाप्त भएको घोषणा गर्दै बुधबार राति फेरि इरानविरुद्ध कडा सैन्य कारबाही हुन सक्ने बताएका छन्। टर्कीको अंकारामा आयोजित नेटो शिखर सम्मेलनका क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सँग संयुक्त रूपमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अघिल्लो रात अमेरिकाले इरानमाथि कडा प्रहार गरेको र आवश्यक परे बुधबार राति पनि थप हमला हुन सक्ने चेतावनी दिएका हुन्।

ट्रम्पले भने, “मैले उनीहरूलाई पहिले नै थोरै चेतावनी दिएको थिएँ। हामी आज राति फेरि उनीहरूलाई कडा प्रहार गर्नेछौँ।” उनले थपे, “आज राति ठूलो आक्रमण हुन सक्छ।” यसैबीच, अमेरिकाका रक्षामन्त्री पिट हेगसेथ ले पनि यदि थप आक्रमण भयो भने इरानका अझ भित्री क्षेत्रहरूलाई निसाना बनाइने चेतावनी दिएका छन्।

ट्रम्पको यो अभिव्यक्तिसँगै अमेरिका–इरान तनाव पुनः चर्किने संकेत देखिएको छ। शान्ति प्रयास विफल भएपछि दुवै पक्षबीच सैन्य गतिविधि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?