Butwal Today

हामी बालेनको पुलिस पनि होइनौं भन्ने अभिव्यक्तिपछि डीएसपी चौधरी जिम्मेवारीबाट हटे

२४ असार २०८३, बुधबार
अ+
अ-

धनगढी । सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा परेका इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख डीएसपी प्रसन्नराज चौधरी लाई जिल्ला प्रहरी कार्यालय कैलालीमा तानिएको छ।

सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भएपछि स्पष्टीकरणका लागि चौधरीलाई हालको जिम्मेवारीबाट हटाइएको नेपाल प्रहरीले जनाएको छ । सार्वजनिक कार्यक्रममा बोल्दै डीएसपी चौधरीले “हामी बालेनको पुलिस पनि होइनौं, केपी ओलीलाई पनि थुन्ने यही नेपाल प्रहरी हो” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सार्वजनिक भएपछि उनको भनाइलाई लिएर सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो। उक्त कार्यक्रममा उनले आफू लोकसेवा आयोगबाट छनोट भएर नेपाल प्रहरीमा आएको र प्रहरी कुनै व्यक्ति वा दलको नभई संविधान तथा कानुनअनुसार सञ्चालन हुने संगठन भएको बताएका थिए।

प्रहरी मुख्यालयले घटनाबारे आवश्यक स्पष्टीकरण माग गर्दै चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा तानेको जनाएको छ। घटनाबारे थप अनुसन्धान र आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?