© 2026
हुम्ला । सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र चिनियाँ प्रहरीको संयुक्त टोलीले हुम्लासँग जोडिएको नेपाल–चीन सीमा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गरेका छन्। सशस्त्र प्रहरी बलका अनुसार बिओपी हिल्साबाट खटिएको टोलीको पहलमा नाम्खा गाउँपालिका–५ स्थित हिल्स क्षेत्रमा रहेको सीमा स्तम्भ नम्बर ९ देखि ८ सम्म संयुक्त पैदल गस्ती गरिएको हो।
नेपाल–चीन सीमा क्षेत्रमा सुरक्षा समन्वय, आपसी सहकार्य तथा सीमाको प्रभावकारी निगरानीलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त संयुक्त गस्ती सञ्चालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार यस्ता संयुक्त गस्तीले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र दुई देशका सुरक्षा निकायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।