© 2026
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले पूरक परीक्षाको नतिजा प्रकाशन गरेको सदस्य सचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।
बोर्डका अनुसार पूरक परीक्षा असार १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिएको थियो । नियमित एसईई परीक्षामा एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन–ग्रेडिङ (एनजी) मा परेपछि उनीहरूका लागि पूरक परीक्षा सञ्चालन गरिएको थियो ।