Butwal Today

अब ‘पपुलिजम’ के रहेछ भन्ने प्रस्ट भयो होला नि : शंकर पोखरेल

२२ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उसकै नेतृत्वको सरकारका मन्त्रीहरूले चुनावअघि र चुनावपछि फरक–फरक अभिव्यक्ति दिएर सस्तो लोकप्रियता (पपुलिजम) को चरित्र देखाएको बताएका छन् ।

सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै महासचिव पोखरेलले चुनावका बेला बालेन्द्र शाहले ‘गोजीमा पैसा नभएका जनताले पनि पढ्न र स्वास्थ्य उपचार पाउनुपर्छ, यही हाम्रो एजेन्डा हो’ भनेको उल्लेख गरेका छन् । त्यसको विपरीत अहिले अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘३ हजार ५०० रुपैयाँ बिमा शुल्क लिएर १ लाख रुपैयाँसम्मको उपचार गराउन सम्भव छैन’ भनेको अभिव्यक्ति उद्धृत गरेका छन् ।

पोखरेलले वर्तमान सरकारले तल्लो तहका नागरिकलाई सहयोग गर्ने भन्दै शिक्षा र स्वास्थ्य कर ल्याइएको विषयलाई व्यङ्ग्यसमेत गरेका छन् ।

‘चुनावअघि र चुनावपछिका रास्वपाका यी विरोधाभासी अभिव्यक्ति सुनेपछि अब त पपुलिजम के रहेछ भन्ने प्रस्ट भयो होला नि ?’ भन्दै पोखरेलले लेखेका छन्, ‘अचम्म त के छ भने, जनभावनाविपरीतका यस्ता निर्णय र अभिव्यक्तिको जनस्तरबाट विरोध भइरहँदा पनि प्रधानमन्त्री बालेन्द्र शाहले “ढुक्क हुनुस्, देश बन्छ” भन्दै प्रतिक्रिया दिइरहेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?