Butwal Today

इनरह्वील क्लब अफ मिडटाउनको अध्यक्षमा सुशीला पोखरेल

२२ असार २०८३, सोमबार
अ+
अ-

बुटवल ।

इनरह्वील क्लब अफ मिडटाउन बुटवलको १८ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । एक कार्यक्रमका बिच वर्ष २०२५/२६ का अध्यक्ष जुनु भण्डारीले वर्ष २०२६/२७ का नवनिर्वाचित लाई पद हस्तान्तरण गरेकी हुन् ।

कार्यक्रममा इनरह्वील डिष्ट्रिक ३५० नेपालका चेयरमेन डा।सृष्टि श्रेष्ठ प्रजापतिले इनरह्वील क्लबहरू विशेष गरी महिला सशक्तीकरणका कार्यक्रममा केन्द्रित रहन आग्रह गरिन् । श्रेष्ठले स्वास्थ्य , बन वातावरण संरक्षणका लागि बृक्षरोपण र समाजमा आवश्यकताका आधारमा गुणात्मक काम गर्न निर्देशन दिइन् । चेयरमेन श्रेष्ठका अनुसार इनरह्वील क्लबहरूले समाजमा अझ प्रभावकारी भूमिका खेल्दै आपसी मित्रतालाई कायम राख्दै नयाँ सोच नयाँ ऊर्जाका साथ समाजमा सकारात्मक सन्देश दिने गरी काम गर्न जरुरी छ ।

कार्यक्रममा क्लबले रुपन्देही जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न वर्गका १३ जना विद्यार्थीहरूलाई जनही ५ हजार ५ सयका दरले छात्रवृत्ति प्रदान गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शान्ति नमुना माविका एक जना, जनज्योति माविका ४ जना, भविष्य निर्माण मावि देवदहका २ जना, बुटवल उपमहानगरपालिकाको नवीन औद्योगिक कदर बहादुर रिता माविका ३ जना, कान्ति माविका १ जना र नवरत्न माविका ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको क्लबले जनाएको छ ।

क्लबको वर्ष २०२६/ २७ को टिममा आइपिपिमा जुनु भण्डारी, अध्यक्षमा सुशीला पोखरेल, भिपिमा गिता खनाल, सेक्रेटरीमा सुधा न्यौपाने, टे«जरमा कविता परियार, आइएसओमा राधिका गौतम, एडिटरमा प्रेरणा केसी विमला, एक्जुकेटिभ मेम्बरमा सविता बिक, कल्पना खनाल, जोईन सेक्रेटरीमा बिजु पौडेल र जोईन टे«जररमा सृष्टि अधिकारी भुसाल रहेको क्लबले जनाएको छ ।

कार्यक्रममा इनरह्वील क्लबका पूर्व अध्यक्षहरू, सम्पूर्ण शाखाका अध्यक्ष तथा प्रतिनिधि इनरव्हील सदस्यहरूको उपस्थिति रहेको थियो । क्लबको कार्यकाल एक वर्षको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?