© 2026
काठमान्डौँ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १५ जना राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले विभिन्न मन्त्रालय, संवैधानिक निकाय तथा प्रदेशमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
सरुवा सूचीअनुसार अर्थ मन्त्रालयमा कार्यरत केही सहसचिवलाई अन्य निकायमा पठाइएको छ भने केही नयाँ सहसचिवलाई मन्त्रालयमा ल्याइएको छ । अर्थ मन्त्रालयका श्यामप्रसाद भण्डारीलाई राष्ट्रपतिको कार्यालयमा तथा गजेन्द्रकुमार ठाकुरलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत भीष्मकुमार भुसाल र यमलाल भुसाललाई अर्थ मन्त्रालयमा पठाइएको छ । त्यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रेमप्रसाद आचार्यलाई पनि अर्थ मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका रामदत्त भट्टलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
सरकारले मधेश, कोशी, लुम्बिनी र गण्डकी प्रदेशका सचिवहरूको पनि जिम्मेवारी हेरफेर गरेको छ । परराष्ट्र मन्त्रालयका विन्देश्वरप्रसाद लेखकलाई मधेश प्रदेश, अर्थ मन्त्रालयका रमेश अर्याललाई गण्डकी प्रदेश तथा भरतमणि पाण्डेलाई लुम्बिनी प्रदेशको प्रदेश सचिवमा सरुवा गरिएको छ ।
