© 2026
काठमान्डौँ ।
श्रम संस्कृति पार्टीले संविधान संशोधनको नाममा सङ्घीयतामाथि छेडखानी गरिए सिंहदरबारमा बस्ने शासकविरुद्ध विद्रोह हुने चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा पार्टीका सांसद आर्यन राईले सरकारले संविधान संशोधनका नाममा प्रदेश खारेजी, लोकतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतामाथि छेडखानी गर्ने दुस्साहस गरेको आरोप लगाएका छन् ।
उनले संविधान संशोधन गर्ने भए हाल संविधानमा रहेको महिलाको ३३ प्रतिशत अनिवार्य प्रतिनिधित्वलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्ने सुझाव दिए ।
त्यस्तै, आदिवासी जनजाति, दलित, मुस्लिमलगायत समुदायका अधिकारको सुनिश्चितता गर्नुपर्नेमा पनि उनले जोड दिए ।
सांसद राईले सभामुख डोलप्रसाद अर्यालसँग प्रतिनिधिसभा नियमावलीको नियम ५६ कार्यान्वयन हुने वा नहुने भन्दै प्रश्न गरेका छन् । साथै, प्रधानमन्त्री बालेन्द्र शाहले दिएको भनिएको ‘राष्ट्रघाती अभिव्यक्ति’ कहिले सच्याइन्छ भन्ने प्रश्न पनि उठाए ।