Butwal Today

दाङमा काठले च्यापेर एक बालकको मृत्यु 

२१ असार २०८३, आइतबार
अ+
अ-

दाङ  ।

दाङमा खेल्ने क्रममा काठले च्यापिएर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर -१७ लालपुरका मिथुन बिकका ८ वर्षीय छोरा आरबको काठले च्यापिएर मृत्यु भएको हो ।

बालक शान्तिनगरमा मामाको घरमा बस्दै आएका थिए । मृतकका बुवा वैदेशिक रोजगारीको क्रममा युकेमा छन्  । विदेशमै रहेको बेला श्रीमतीसँग सम्बन्ध विच्छेद भएको थियो । श्रीमतीसँगको सम्बन्ध विच्छेदपछि छोरा मामाघरमा बस्दै आएका थिए ।

बुवा मिथुन बिकले छोराको हत्या भएको आरोप लगाएका छन्   । उनले घटनाको सत्य तथ्य छानबिनको माग गरेका छन्  ।  घटना भएकै दिन छोरालाई घरमा ल्याउने तयारी रहेको बताएका छन् ।

प्रहरीका अनुसार शान्तिनगर गाउँपालिका–४ स्थिति कटान गरेर राखेको काठमा खेल्ने क्रममा काठले च्यापिएर निधन भएको प्रारम्भिक अनुमान गरिएको छ । तर घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि मात्रै भन्न सकिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?