Butwal Today

अर्घाखाँचीमा सर्प खेलाउँदा युवकको मृत्यु 

२० असार २०८३, शनिबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीमा  सर्प खेलाउँदा एक युवकको ज्यान गएको छ ।  छत्रदेव गाउँपालिका–१ चिदिका बडडाँडाका २३ वर्षीय पुष्कर कुमालको सर्पले टोकेपछि उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिएका छन् ।

कुमालले सर्प समातेर खेलाउने क्रममा शुक्रबार साँझ  अचानक सर्पले टोकेपछि उनी गम्भीर घाइते भएका थिए । सर्पले टोके लगत्तै उनलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा अस्पताल पुग्नासाथ चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरेका थिए ।

घटनापछि स्थानीयवासीले सर्पसँग खेल्ने, समात्ने वा अनावश्यक रूपमा जिस्क्याउने कार्य अत्यन्त जोखिमपूर्ण हुने भएकाले यस्ता गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेका छन्। सर्प देखिएमा आफैँ समात्ने प्रयास नगरी सम्बन्धित निकाय वा उद्धारकर्मीको सहयोग लिन उनीहरूको सुझाव छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?