Butwal Today

खामेनीको अन्त्येष्टि समारोह तेहरानमा जारी, जुलाई ९ मा मसहदमा अन्त्येष्टि गरिने

२० असार २०८३, शनिबार
अ+
अ-

तेहरान । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह शुक्रबारदेखि राजधानी तेहरानमा सुरु भएको छ। जुलाई ९ सम्म सञ्चालन हुने श्रद्धाञ्जली कार्यक्रमअन्तर्गत उनको पार्थिव शरीर तेहरानस्थित ग्रान्ड मोसल्लामा राखिएको छ, जहाँ श्रद्धाञ्जली अर्पण गर्न हजारौँ मानिसको भीड लागेको छ। (र

कार्यक्रम तालिकाअनुसार जुलाई ४ देखि ८ सम्म तेहरानसहित विभिन्न सहरमा श्रद्धाञ्जली सभा आयोजना गरिनेछ भने जुलाई ९ मा उनको जन्मस्थल मस्हादमा अन्त्येष्टि गरिनेछ। इरान र इराकका विभिन्न सहरमा समेत श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ। अधिकारीहरूले समारोहमा डेढ करोडदेखि दुई करोडसम्म मानिस सहभागी हुन सक्ने अपेक्षा गरेका छन्।

इरानी अधिकारीहरूका अनुसार खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणमा मृत्यु भएको थियो। त्यसपछि युद्धको अवस्थाका कारण अन्त्येष्टि कार्यक्रम स्थगित गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?