Butwal Today

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डा. भोला थापा

१९ असार २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन शाहले डा.भोला थापालाई उपकुलपतिमा नियुक्त गरेका छन । । डा. थापा यसअघि काठमाडौं विश्वविद्यालय केयूका उपकुलपतिका रूपमा कार्यरत थिए। उनी इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो अनुभव भएका शिक्षाविद्का रूपमा परिचित छन्।

इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेपछि सरकारी सेवाबाट व्यावसायिक यात्रा सुरु गरेका थापा पछि काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापक बनेका थिए। त्यसपछि उनले प्राध्यापक, सहायक डिन, कार्यकारी डिन, रजिस्ट्रारलगायत विभिन्न जिम्मेवारी सम्हालेका थिए। २०७७ माघमा उनी काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्त भएका थिए।

मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका डा. थापाले स्नातकोत्तर तहमा टर्बाइन रनर सम्बन्धी अध्ययन गरेका छन् भने विद्यावारिधि हाइड्रोलिक मेसिनमा बालुवाका कणका कारण हुने घिसावट इरोजन विषयमा गरेका छन्। उनले प्रारम्भिक उच्च शिक्षा ८अमृत साइन्स क्याम्पस अस्कलबाट प्रवीणता प्रमाणपत्र तहमा तथा विद्यालय शिक्षा ल्याबोरेटरी स्कुल, कीर्तिपुरबाट पूरा गरेका हुन्। डा. थापाको नियुक्तिसँगै त्रिभुवन विश्वविद्यालयमा शैक्षिक सुधार, अनुसन्धानको प्रवर्द्धन तथा विश्वविद्यालयको समग्र शैक्षिक गुणस्तर अभिवृद्धितर्फ नयाँ अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?