Butwal Today

इङ्ग्ल्यान्ड फिफा विश्वकप अन्तिम १६ मा प्रवेश

१८ असार २०८३, बिहीबार
अ+
अ-

काठमाडौँ ।  इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कङ्गोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।

डीआर कङ्गोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान  ह्यारी केन नायक बने । उनले इंग्ल्यान्डका लागि दुवै गोल गरे । खेलमा पहिलो अग्रता भने कङ्गोले लियो ।

खेलको ७औँ मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कङ्गोलाई  पहिलो अग्रता दिलाए  ।  त्यसपछि खेलको ७५औँ मिनेटमा डीआर कङ्गोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको  बराबरीमा ल्याए ।

खेलको ८६औँ मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । यस हार सङै  कंगो विश्वकपबाट बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?