Butwal Today

विष्णु पौडेलविरुद्ध ६ दिन म्याद थप

१८ असार २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ६ दिनको म्याद थप गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई तेस्रो पटक म्याद थप गरिएको हो ।

विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले म्याद थपको आदेश दिएको हो ।

पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । विभाग स्रोतका अनुसार उनले गरेको सेयर कारोबार तथा सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो ।

पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलको यसअघि विशेष अदालतले दुई पटक म्याद थप गरिसकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?