© 2026
काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा किशोर थापालाई नियुक्त गरेको छ ।
नेपाल सरकारका पूर्वसचिवसमेत रहेका थापालाई आयोगको अध्यक्षमा नियुक्त गरिएको हो । अध्यादेशमार्फत सेवा आयोगका तत्कालीन अध्यक्षलाई बर्खास्त गरेपछि उक्त पद रिक्त रहेको थियो । थापा पूर्वाधार विज्ञका रूपमा परिचित छन् ।
यस्तै, सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा रेजिना मास्केलाई नियुक्त गरेको छ ।