© 2026
काठमाडौँ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रविधिको प्रयोग गरी हुने लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
राष्ट्रियसभाका सदस्य रेनु चन्दले महिला हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
आजकै बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ ।
त्यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ । त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची रहेको छ ।