Butwal Today

निगाली–देउराली सडकमा राति सवारी सञ्चालन बन्द

१६ असार २०८३, मंगलवार
अ+
अ-

अर्घाखाँची । 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सालझण्डी–ढोरपाटन सडकको  निगाली– देउराली सडक खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । वर्षा याममा पहिरो, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध भई जनधनको क्षति हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले बताए ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै उक्त सडक खण्डमा प्रत्येक दिन बेलुकी ६स्०० बजेदेखि बिहान ६स्०० बजेसम्म कुनै पनि सवारी साधन आवतजावत गर्न नपाइने जनाएको छ ।

सडक निर्माणका क्रममा माटो कटिङ, रिटेनिङ वाल निर्माणलगायतका संरचनात्मक काम भइरहेको छ । निर्माणका कारण जमिन स्थिर हुन नसकेको र वर्षा याममा सुख्खा पहिरो, ढुङ्गा खस्ने तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहेकाले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै रातिको समयमा आवागमन रोक्ने जिल्ला सुरक्षा समितिको  बैठकले निर्णय गरेको  हो ।

साथै, रातिको समयमा यात्रा गर्नुपर्ने अवस्था आएमा वैकल्पिक सडक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ । निर्माण सम्पन्न नभएसम्म जोखिमयुक्त सडकमा अनावश्यक यात्रा नगर्न र सुरक्षा निकायको निर्देशन पालना गर्न पनि प्रशासनले सबैमा अपिल गरेको छ । प्रशासनले मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न समेत सबैलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?