Butwal Today

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको राष्ट्रिय सम्मेलन सुरु

१५ असार २०८३, सोमबार
अ+
अ-

काठमाडौँ ।  सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालको दुई दिने राष्ट्रिय सम्मेलनको शिक्षाविद् केदारभक्त माथेमाले आज काठमाडौँमा उद्घाटन गरे ।

उनले सम्मेलनमा शिक्षाको राष्ट्रिय प्राथमिकता, सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, सरोकारवाला र अभिभावकको भूमिकाबारे धारणा व्यक्त गरेका थिए ।

प्राज्ञ माथेमाले सामुदायिक विद्यालयले समाजका हरेक तप्कालाई जोड्ने भएकाले अपनत्व विकास र सुधारमा निरन्तर लाग्नुपर्ने बताए ।कार्यक्रममा शिक्षाविज्ञ डा विष्णु कार्कीले विद्यालय शिक्षाको राष्ट्रिय प्राथमिकता र अभिभावकको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

शिक्षा विशेषज्ञ डा विद्यानाथ कोइरालाले कार्यपत्रमाथि टिप्पणी गर्दै शिक्षक र अभिभावक इमानदार हुनुपर्ने बताए ।

अभिभावक महासङ्घ नेपालका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले दुर्गमका गरिब बालबालिकाका लागि राज्यले गुणस्तरीय शिक्षाको हक प्रदान गर्नुपर्ने धारण व्यक्त गरे । कार्यक्रममा महासङ्घका संस्थापक अध्यक्ष कृष्ण थापालगायतलाई  सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?